समाज


१० जना सहायक न्यायाधिवक्ता उपन्यायाधिवक्तामा बढुवा सिफारिस (सूची)

१० जना सहायक न्यायाधिवक्ता उपन्यायाधिवक्तामा बढुवा सिफारिस (सूची)

नेपालखबर
पुस २५, २०८२ शुक्रबार १४:२५, काठमाडौँ

न्याय सेवा आयोगले १० जना सहायक न्यायाधिवक्तालाई उपन्यायाधिवक्तामा बढुवाका लागि सिफारिस गरेको छ।

बिहीबार बसेको न्याय सेवा आयोगको बैठकले ज्येष्ठता तथा कार्यसम्पादनका आधारमा ५ जना र कार्यक्षमता मूल्यांकनका आधारमा ५ जनालाई बढुवा गर्न न्यायपरिषद्समक्ष सिफारिस गरेको हो।

वैदेशिक रोजगार विभागका सहायक न्यायाधिवक्ता राजेन्द्र रेग्मी, उच्च सरकारी वकिल कार्यालय विराटनगरका मुकुन्दकुमार रेग्मी, जिल्ला सरकारी वकिल कार्यालय प्युठानका मदन शर्मा, जिल्ला सरकारी वकिल कार्यालय डोल्पाका विजयराज घिमिरे र धाङिका लक्ष्मीकिशोर शर्मा बढुवाका लागि सिफारिस भएका हुन्। 

उपन्यायाधिवक्तामा बढुवा गरेपछि कहाँ पदस्थापन गर्ने भनेर पनि आयोगले सिफारिस गरेको छ।

यस्तै कार्यक्षमताका आधारमा बढुवा सिफारिस हुने ५ जनामा सत्य निरुपण तथा मेलमिलाप आयोगका भक्ति उपाध्याय, उच्च सरकारी वकिल कार्यालय पाटनकी शिलुका लिंथेप, उच्च सरकारी वकिल कार्यालय विराटनगरका कल्याण पराजुली, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका पूर्णबहादुर केसी र महान्यायाधिवक्ताको कार्यालयका दीपक बस्याल बढुवाका लागि सिफारिस भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad