ad ad

राजनीति


गृहमन्त्रीले भनेः लकडाउन खुकुलो बनाउनुपर्छ

गृहमन्त्रीले भनेः लकडाउन खुकुलो बनाउनुपर्छ

नेपालखबर
बैशाख २३, २०७७ मंगलबार ११:५८,

गृहमन्त्री रामबहादुर थापाले लकडाउन केही खुकुलो बनाउनुपर्ने बताएका छन्।

मंगलबार प्रतिनिधिसभाको कानुन न्याय तथा मानवअधिकार समितिमा गृहमन्त्री थापाले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको लकडाउन शर्तसहित खुकुलो पार्नुपर्ने बताएका हुन्।

लकडाउनले आर्थिक संकट बढी देखिएको, रोजगारी गुमेको र अन्य क्षेत्रमा पनि नकरात्मक प्रभाव पर्न थालेको भन्दै मन्त्री थापाले यस्तो बताएका हुन्।

‘उद्योग र सेवा क्षेत्रलाई सामाजिक दूरी कायम गर्ने शर्तसहित खोल्नुपर्छ, नत्र भने कोरोना भाइरसले त सिध्याउँछ नै आर्थिक संकटले पनि सिध्याउँछ’, मन्त्री थापाले भने।

मन्त्री थापाले कोरोनाको सम्भावित संक्रमणनबाट बच्न सामाजिक दूरी कायम गर्नुपर्ने र सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गरेर अगाडि बढ्नुपर्ने बताए।

मन्त्री थापाले कोरोनाकै कारण सामाजिक, आर्थिक, राजनीतिक असन्तोष र संकट पैदा भएको भन्दै उनले अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन सवै मिलेर अगाडि बढनुपने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .