निर्वाचन प्रहरी भर्नाका लागि हरेक जिल्लाले संयुक्त सूचना जारी गर्ने भएका छन्। बिहीबार नेपाल प्रहरीले भर्ना गर्ने एक लाख ३३ हजार ९८० जनाका लागि सूचना जारी गरेको थियो।
तर सशस्त्र प्रहरीले भर्ना गर्ने १५ हजार ११० जनाको कोटामा कसरी आवेदन माग गर्ने र छनोट गर्ने भन्दै दिउँसो सशस्त्र प्रहरीको टोली गृह मन्त्रालयमा पुगेको थियो। छलफलमा पहिलेकै सहमति अनुसार संयुक्त रुपमा छनोट प्रक्रिया अगाडी बढाउने टुंगो लागेको हो।
अब हरेक जिल्लाले सशस्त्र प्रहरीको पनि कोटा थप गरेर सूचना जारी गर्दै आवेदन लिनेछन्। निर्वाचनका लागि सशस्त्र प्रहरीले पहिलो पटक निर्वाचन प्रहरी भर्ना गर्न लागेको हो।
दुवै प्रहरीका लागि जिल्लामा आवश्यक निर्वाचन प्रहरी भर्ना गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति बनाइएको छ। यही समितिले आवेदन माग गरेर छनोट प्रक्रिया अगाडी बढाउनेछ।
छनोट भइसकेपछि मात्रै सशस्त्र प्रहरी र नेपाल प्रहरीले लिने निर्वाचन प्रहरी छुट्याइनेछ। दुवै प्रहरीले आफ्नो कोटा अनुसारको संख्या लिएर छुट्टा छुट्टै तालिम दिनेछन्।
निर्वाचन प्रहरीलाई १० दिन तालिम दिएर एक महिना निर्वाचनमा खटाउने तयारी छ।
सम्बन्धित समाचार :
- नेपाल प्रहरीले आफ्नो कोटाको मात्रै निर्वाचन प्रहरीको भर्ना खोलेपछि सशस्त्र पुग्यो गृह
- १ लाख ३३ हजार ९८० ‘निर्वाचन प्रहरी’का लागि भर्ना खुल्यो (सूचनासहित)
निर्वाचन प्रहरी भर्नाबारे सिन्धुलीमा निकालिएको सूचना:

Shares

प्रतिक्रिया