नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सानेपामा जारी छ। आज अपरान्ह ४ बजे बोलाएको बैठक साँझ ६ बजेबाट सुरु भएको हो।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस२७ र २८ गतेका लागि आह्वान गरेको विशेष महाधिवेशन पार्टीमा उत्पन्न विवाद समधानका विषयमा बैठक केन्द्रित छ।
पार्टीले आगामी वैशाख २८-३१ का लागि १५ औं महाधिवेशन तोकिसकेको अवस्थामा महामन्त्रीद्वयले विशेष महाधिवेशन आह्वान गरेपछि कांग्रेसभित्रको विवाद उत्कर्षमा छ।
कांग्रेसले केन्द्रीय समिति बाहेकले बोलाएको विशेष महाधिवेशन विधान विपरीत हुने भन्दै सहभागी नहुन भनेको छ। तर, विशेष महाधिवेशन पक्षधरहरू काठमाडौँआइरहेका छन्।
150
Shares

प्रतिक्रिया