ad ad

राजनीति


मार्क्स एक हजार वर्षयताकै महान् दार्शनिक : प्रचण्ड

मार्क्स एक हजार वर्षयताकै महान् दार्शनिक : प्रचण्ड

नेपालखबर
बैशाख २३, २०७७ मंगलबार ११:३२,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वहारा वर्गका महान् नेता कार्ल माक्र्सको २०२औँ जन्म दिवसका अवसरमा शुुभकामना व्यक्त गरेका छन्।

अध्यक्ष प्रचण्डले एक विज्ञप्ति प्रकाशित गर्दै माक्र्स एक हजार वर्षयताकै महान् दार्शनिक रहेको बताउँदै सर्वहारा वर्गले मात्र नभएर उनको दर्शन र प्रतिपादित सिद्धान्तलाई पूँजीवादी दुनियाँले पनि मानेको बताएका छन्।

उनले महान् दार्शनिक माक्र्सप्रति उच्च सम्मान व्यक्त गर्दै विश्व सर्वहारा वर्ग र उत्पीडित जनसमुदायको मुक्तिका प्रणेताका रूपमा स्मरण गरेका छन्। अध्यक्ष प्रचण्डले २१औँ शताब्दीमा माक्र्सवादको रक्षा, प्रयोग र विकासका लागि विचारको विकास गर्न आवश्यक रहेको स्पष्ट पारे।

विश्व महामारीका रूपमा देखिएको कोरोना भाइरसका कारण गरीखाने श्रमजीवी जनसमुदाय सबैभन्दा पीडामा रहेको उल्लेख पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले उनीहरुको समस्या समाधान गर्न सम्बन्धित सबैमा आग्रह गरेका छन्। उनले माक्र्सको जन्मदिवसका अवसरमा विश्वभरका सम्पूर्ण सर्वहारा जनसमुदायमा सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना पनि गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .