सरकारले सार्वजनिक सेवा प्रवाहमा हुलाक टिकटको प्रयोग आवश्यक नपर्ने जनाएको छ।
अर्थ मन्त्रालयले बिहीबार सूचना प्रकाशित गरी कानुनमा किटानी व्यवस्था बाहेक हुलाक टिकट अनिवार्य नपर्ने व्यवस्था गरिएको स्पष्ट पारेको हो।
प्रचलित कानुनमा व्यवस्था भएकोमा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजातको आधिकारिकताका लागि आय टिकटका रूपमा हुलाक टिकट टाँस्ने अभ्यास, प्रचलन वा व्यवस्थालाई हटाउने निर्णय मंसिर २९ को मन्त्रिपरिषले गरेको थियो।
‘उक्त निर्णय अनुसार यस मन्त्रालय अन्तर्गतका निकाय/विभाग/कार्यालयहरूबाट प्रदान हुने सेवा प्रवाहको प्रक्रियामा प्रचलित कानुनमा किटानी व्यवस्था भएकोमा बाहेक कागजातको आधिकारिकताका लागि आय टिकटका रूपमा हुलाक टिकट टाँस्ने प्रचलन तथा अभ्यास हटाउने व्यवस्था मिलाईएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’ अर्थ मन्त्रालयले भनेको छ।
Shares

प्रतिक्रिया