राजनीति


राजीनामा दिनुअघि कुलमानले गरेका थिए जेनजी आन्दोलनका सहिद परिवारका सदस्यलाई प्राधिकरणमा जागिर दिने निर्णय

राजीनामा दिनुअघि कुलमानले गरेका थिए जेनजी आन्दोलनका सहिद परिवारका सदस्यलाई प्राधिकरणमा जागिर दिने निर्णय

फाइल तस्बिर


नेपालखबर
पुस २४, २०८२ बिहिबार ११:१८, काठमाडौँ

नेपाल विद्युत प्राधिकरणले सरकारको निर्णय बमोजिम गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका सहिदका परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ। 

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासका निवर्तमा मन्त्री एवम् प्राधिकरण सञ्चालक समिति (बोर्ड)का अध्यक्ष कुलमान घिसिङको अध्यक्षतामा मंगलबार बसेको बोर्ड बैठकले यस्ताे निर्णय गरेको हो।

जेनजी आन्दोलनका शहीदका परिवारका २७ जनालाई रोजगारी दिने निर्णय कुलमानले गराएका हुन्। 

जेनजी शहीद परिवारका २७ जनाले रोजगारीका लागि प्राधिकरणमा निवेदन दिएका थिए।

निवेदकको यकिन गरी पायक पर्ने प्राधिकरणको कार्यालयमा शहिद परिवारका सम्बन्धित सदस्यको शैक्षिक योग्यताका आधारमा बढीमा तीन तहसम्मको पदमा करार नियुक्त गर्ने निर्णय भएको हो। 

सरकार र जेनजी आन्दोलनका प्रतिनिधिबीच भएको सम्झौता, मन्त्रिपरिषद्बाट स्वीकृत सहायता सम्बन्धी कार्यविधि बमोजिम शहीद परिवारका सदस्यका निवेदनका आधारमा २७ जनालाई रोजगारी दिने निर्णय भएको घिसिङले बताए। 

कार्यविधिमा जेनजी प्रदर्शनमा घाइते तथा अपाङ्ग भएको व्यक्ति वा नजिकको परिवारका सदस्य र शहीद परिवारको सदस्यलाई प्रचलित कानून बमोजिम निःशुल्क शिक्षा, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत र रोजगारी सम्बन्धी व्यवस्था श्रम, रोजगार तथा सामाजिक सुरक्षा, ऊर्जा, जलस्रोत तथा सिँचाइ, शहरी विकास, खानेपानी, भौतिक पूर्वाधार तथा यातायात, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुद र उद्योग, वाणिज्य तथा आपूर्तिलगायतका विषयगत मन्त्रालयबाट मिलाउने गरी आवश्यक कार्य हुने व्यवस्था छ।

जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जना व्यक्तिलाई सरकारले शहीद घोषणा गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad