राजनीति


राष्ट्रिय सभा उम्मेदवार छनोटमा गगन थापाको फरक मत

राष्ट्रिय सभा उम्मेदवार छनोटमा गगन थापाको फरक मत

नेपालखबर
पुस २३, २०८२ बुधबार १२:३४, काठमाडौँ

नेपाली कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार छनोटमा फरक मत राखेका छन्। 

बुधबार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा महामन्त्री थापाले फरक मत राखेको बताए। बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै थापाले भने, ‘उम्मेदवार छनोटमा केन्द्रीय कार्यसमितिको मानमनर्दन भयो, संसदीय बोर्डको मानमर्दन भयो। त्यसैले महामन्त्रीका रुपमा मैले फरक मत राखेको छु।’

राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बाहिरिएपछि कांग्रेसले नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा)बीच तालमेल भएको छ। राष्ट्रिय सभाका १८ सिटमध्ये कांग्रेसले ९, एमालेले ८ र जसपाले १ सिट पाएका छन्। 

यसरी एकाएक एमालेसँग तालमेल गर्ने कार्य सही नभएको थापाको भनाइ छ। ‘यो तालमेलको सैद्धान्तिक आधार के हो? किन गरेको हो?,’ थापाले प्रश्न गरेका छन्। 

यो न्यायपूर्ण नभएकाले बैठकमा फरक मत राखेको उनलेब ताए। ‘नाम प्रस्ताव गर्न बाँकी नै छ,  उम्मेदवार मनोनयनपत्र बोकेर गइसकेका छन्।,’ थापले भने। 

यसरी खुला छलफलविना नै नाम चयन भएकाले चित्त नबुझेको उनको भनाइ थियो। छनोटको सैद्धान्तिक र छनोट प्रक्रियामा असहमति रहेको थापाको भनाइ छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad