राजनीति


विमलेन्द्रमाथि भएको दुर्व्यवहारबारे विश्वप्रकाशः मन पर्दा देवत्वकरण र नपर्दा अप्रिय टिप्पणी नगरौँ

विमलेन्द्रमाथि भएको दुर्व्यवहारबारे विश्वप्रकाशः मन पर्दा देवत्वकरण र नपर्दा अप्रिय टिप्पणी नगरौँ

नेपालखबर
पुस २२, २०८२ मंगलबार २१:२७, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेता विमलेन्द्र निधिमाथि भएको दुर्व्यवहारप्रति दुःख व्यक्त गरेका छन्। 

उनले निधिमाथि विशेष महाधिवेशन पक्षधरले दुर्व्यवहार गरेको भन्ने आरोपको खण्डन पनि गरेका छन्। 

मंगलबार साँझ सामाजिक सञ्जालमा नेता निधिले समर्थन गरिरहँदा देवत्वकरण गर्ने र विरोध हुँदा अप्रिय टिप्पणी गर्ने कार्य गलत भएको बताएका छन्। 

उनले भनेका छन्, ‘कुनैपनि नेतासँग कसैको पनि समर्थन र विरोधको सम्बन्ध हुनसक्दछ। तर त्यो निश्चित मर्यादाको दायरामा रहनुपर्छ। समर्थन गरिरहँदा देवत्वकरण गर्ने अनि विरोध गरिरहँदा अप्रिय टिप्पणी गर्ने कार्य हाम्रो राजनीतिको दुःखद र गलत पाटो हो। आज अग्रज नेता विमलेन्द्र निधी कार्यालय पुग्दैगर्दा भएको व्यवहार विल्कुलै गलत छ। यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नु र राजनीतिमा स्वस्थ राजनैतिक ब्यवहारलाई मात्रै प्रोत्साहित गर्नु हामी सबैको कर्तव्य हो।’

साथै, उनले विशेष महाधिवेशन पक्षधरले पार्टी कार्यालय घेराउ गरेको भन्ने कुरा भ्रामक भएको दाबी गरेका छन्।

‘विशेष महाधिवेशन पक्षधरले पार्टी कार्यालय घेराउ गर्ने भनेर आएको भ्रमपूर्ण हल्लालाई साथीहरूले ‘यस्तो कुनै कार्यक्रम नरहेको’ भनेर सार्वजनिक रुपले बिहानै स्पष्ट गरिसक्नु भएको थियो। स्वयं नेता निधिले ‘विशेष महाधिवेशन पक्षधरले होइन अरुले गरेको बुझें’ भनेर मिडियामा थप स्पष्ट गर्नुभएकै छ। यस्तो तथ्यका बाबजुद विशेषका पक्षधर साथीहरूलाई त्यसमा छिटा पार्ने प्रयास देखिनु दुःखद छ र निन्दनीय पनि।’ 

नेता शर्माले राजनीतिमा सहमति, असहमति, समर्थन, विरोध सबै कुरा हुन्छ भन्दै तर सबैभन्दा बढी संयम र परिपक्वता जरुरी रहेकोमा जोड दिएका छन्।

उनले पार्टी बैठक चलिरहँदा मिडिया बाहेक अरुलाई प्रवेश निषेध गरिएकोबारे बुझ्न नसक्दा समस्या उत्पन्न भएको दाबी गरे।

‘पार्टीको केन्द्रीय कार्यालयमा विशेष बैठकहरू चलिरहेका बेला मिडिया बाहेक अरुलाई प्रवेशमा रोक लगाउने हाम्रो पुरानै परम्परा हो। राष्ट्रिय सभाको उम्मेदवारी चयन सम्बन्धी बैठकका कारण आज पनि अरुलाई प्रवेशमा रोक लगाइएको थियो। पार्टीका कतिपय साथीहरूले यो नबुझिदिँदा बाहिर व्यर्थमा समस्या उत्पन्न भयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad