संसद् पुनर्स्थापना हुन नदिन सर्वोच्च अदालतका न्यायाधीशहरूलाई दबाब र धम्की दिने काम भइरहेको नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले औंल्याएका छन्।
मंगलबार बसेको पार्टी सचिवालय बैठकमा बोल्दै अध्यक्ष ओलीले संसद् पुनर्स्थापना हुन नदिन देशी विदेशी लागिरहेको आरोप लगाएका छन्। लोकतान्त्रिक मूल्य-मान्यतामाथि नै प्रश्न उठेको बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।
‘सर्वोच्च अदालतका न्यायाधीशहरूलाई समेत निरन्तर दबाब र धम्की दिने र संसद् पुनस्थापना हुन नदिने कार्यमा दबाब दिइरहेका छन्। यसले लोकतान्त्रिक मूल्य-मान्यतामाथि गम्भीर प्रश्न उठाएको छ,’ ओलीले बैठकमा राखेको धारणा उद्धृत गर्दै ती नेताले नेपालखबरसँग भने।
एमाले सचिवालय बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा जारी रहेको छ। बिहान ९ बजेदेखि सुरु भएको बैठकमा राष्ट्रिय सभा र प्रतिनिधि सभाको निर्वाचनबारे छलफल भइरहेको छ।
Shares

प्रतिक्रिया