नेपाली कांग्रेसले आज (मंगलबार) बिहान बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठक दिउँसोलाई सारिएको छ।
यसअघि आज बिहान ११ बजे बस्ने भनिएको बैठक अब दिउँसो १ बजे राखिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलेले जानकारी दिए।
पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, ललितपुरमा बस्ने बैठकमा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्य सहभागी हुनेछन्।
यसअघि शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ।
उक्त निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेखेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत ५ जनाले भने विशेष महाधिवेशन पुसभित्र गरिनुर्ने जिकिर गरिरहेका छन्।
यसैबीच सोमबार कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मातहतका निकायलाई ‘अत्यन्त जरुरी परिपत्र’ पठाई महाधिवेशनबारे जानकारी गराएका छन्।
यस्तै सोमबार नै कांग्रेसका पाँचवटा प्रदेशका सभापतिले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अघि सारेको विशेष महाधिवेशनको औचित्य समाप्त भएको भन्दै नियमित महाधिवेशनमा केन्द्रित हुन अपिल गरेका छन्।
Shares

प्रतिक्रिया