नेपाली कांग्रेसका पाँच वटा प्रदेशका सभापतिले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अघि सारेको विशेष महाधिवेशनको औचित्य समाप्त भएको भन्दै नियमित महाधिवेशनमै केन्द्रित हुन आग्रह गरेका छन्।
सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै कोशीका सभापति उद्धव थापा, मधेसका सभापति कृष्णप्रसाद यादव, बागमतीका इन्द्रबहादुर बानियाँ, कर्णालीका ललितजंग शाही र सुदूरपश्चिमका वीरबहादुर बलायरले नियमित महाधिवेशनमै केन्द्रित हुन अपील गरेका हुन्।
उनीहरूले कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमै संयुक्त विज्ञप्ति पेश गरेका हुन्। विज्ञप्तिमा संस्थापन इतर पक्ष निकट गण्डकी र लुम्बिनी प्रदेशका सभापतिको हस्ताक्षर छैन।

558
Shares

प्रतिक्रिया