प्रतिनिधिसभाको बैठकमा आज पनि विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले गत जेठ १७ गतेको बैठकमा दिएको अभिव्यक्तिको तीव्र विरोध गरेका छन्।
बिहीबार संसद् बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका छन्।
त्यसपछि सभामुख डोलप्रसाद अर्यालले सुरुमा कांग्रेस सांसद नरेन्द्रकुमार केरुङलाई बोल्ने समय दिएका थिए।
केरुङले प्रधानमन्त्रीको भनाई संसद्को रेकर्डबाट हटाउन माग गरे। त्यसैगरी नेकपाका रमेश मल्लसहितका सांसद्ले पनि प्रधानमन्त्रीले राष्ट्रियताको विरुद्धमा दिएको अभिव्यक्तिको विरोध गरेका छन्।
18
Shares

प्रतिक्रिया