नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले गरेका निर्णयबारे मातहतका निकायलाई परिपत्र गरेको छ।
सोमबार कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेले ‘अत्यन्त जरुरी परिपत्र’ भन्दै मातहतका निकायलाई जानकारी पठाएका हुन्। कांग्रेस केन्द्रले प्रदेश, जिल्ला, प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र, पालिका र वडालाई पत्रपत्र गरेको हो।
पुस १८ मा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १५औँ महाधिवेशनको कार्यतालिका संशोधन गरेको थियो। बैठकले आगामी वैशाख अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको थियो।
त्यस्तै, केन्द्रीय कार्यसमितिसँगै सबै तह र निकायको म्याद आउँदो जेठ मसान्तसम्म थप्ने निर्णय गरेको थियो।




198
Shares

प्रतिक्रिया