राजनीति


यी हुन् कार्यकाल सकिन लागेका राष्ट्रियसभाका १९ सांसद

यी हुन् कार्यकाल सकिन लागेका राष्ट्रियसभाका १९ सांसद

फाइल तस्बिर


नेपालखबर
पुस २२, २०८२ मंगलबार ८:५, काठमाडौँ

राष्ट्रियसभाका १९ जना सांसदको कार्यकाल आगामी फागुनमा सकिँदैछ। 

रिक्त हुन लागेको राष्ट्रियसभाका १८ सिटका लागि आगामी माघ ११ गते निर्वाचन आयोगले चुनावको मिति तोकेको छ। रिक्तमध्ये एक सांसद भने राष्ट्रपतिले मनोनित गर्नेछन्।

आगामी फागनु २० गतेदेखि एमालेका आठ, नेपाली कम्युनिस्ट पार्टीका आठ, जनता समाजवादी पार्टीका एक, लोकतान्त्रिक समाजवादी पार्टीका एक र मनोनीत एक सांसदको पदावधि सकिन लागेको हो। 

रिक्त हुन लागेकामध्ये वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन्। 

कार्यकाल सकिएर बिदा हुन लागेका अन्य सांसदमा नेकपाका नारायणकाजी श्रेष्ठ, गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, मायाप्रसाद शर्मा, राधेश्याम पासवान र बेदुराम भुसाल छन्।

भुसाल तत्कालीन एकीकृत समाजवादीबाट राष्ट्रियसभाको सांसद भएका नेता हुन् भने बाँकी सात जना तत्कालीन माओवादी केन्द्रका सांसद हुन्। 

त्यसैगरि एमालेबाट सांसद बनेका इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा बीसीको कार्यकाल पनि सकिँदैछ।

जनता समाजवादी पार्टीका मृगेन्द्रकुमार सिंह यादव र लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंहको पनि कार्यकाल सकिन लागेको छ।

सरकारले आगामी माघ ११ गते आइतबारलाई राष्ट्रियसभाको निर्वाचनको मिति तोकेको छ। राष्ट्रियसभाका ५९ मध्ये १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो। 

भोलि (बुधबार) राष्ट्रिय सभाका लागि उम्मेदवारी दर्ता गर्ने चुनावी कार्यतालिका छ। 

कांग्रेस, एमाले, नेकपासहितका दलले सिट बाँडफाँट गरेर १८ सिटमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्। 

कार्यकाल सकिन लागेका सांसदमा कांग्रेसका एकजना पनि छैनन्। तर, कांग्रेस अहिले मतभारमा सबैभन्दा अगाडि छ। राष्ट्रिसभा सदस्य निर्वाचनमा प्रदेश सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउने संवैधानिक व्यवस्था छ। 

रिक्त हुन लागेका १८ सिटमा कांग्रेसले ७ सिटमा दाबी गर्दै एमाले र नेकपासँग सहकार्यको प्रस्ताव गरेको छ। 

त्यसैगरि उसले एमालेलाई ६, नेकपालाई ४ र उपेन्द्र यादव नेतृत्वको जसपालाई १ सिटका लागि सहकार्यको प्रस्ताव गरेको छ। 

गएको आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा चुनावमा सहकार्यका विषयमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग  छलफल गरेका थिए। 

पछिल्लो समय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर, खड्का, नेता रमेश लेखक लगयात राष्ट्रियसभा निर्वाचनमा एमाले र नेकपासँग चुनावी तालमेलका लागि सक्रिय भएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad