नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखक नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास गुण्डु पुगेका छन्।
राष्ट्रियसभा निर्वाचनको चुनावी तालमेलको विषयमा छलफल गर्न उनीहरू आज दोस्रो पटक गुण्डु पुगेका हुन्।
एमालेबाट ओलीले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई पनि छलफलमा सहभागी गराएका छन्।
सोमबार बिहान ओलीलाई भेटेका खड्का र लेखकले राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, एमाले, नेकपा र मधेसवादी दलबीच चुनावी तालमेल हुने ब्रिफिङ गरेका थिए।
माघ ११ गते राष्ट्रिय सभाका १८ सिटमा निर्वाचन हुँदै छ। जसमा कांग्रेसले ८ सिट दाबी गरेको कार्यवाहक सभापति खड्काले बैठकमा ब्रिफिङ गरेका थिए।
पुस २३ गते उम्मेदवारी दर्ताको कार्यतालिका रहेकाले क्लस्टर र प्रदेशगत भागबण्डा मिलाउन आजै मिलाउने तयारी छ। खड्का र लेखकले आजै नेकपाका संयोजक प्रचण्डलाई पनि भेट्ने छन्।
Shares

प्रतिक्रिया