काठमाडौँ उपत्यकामा अघिल्लो दिनको तुलनामा आज (सोमबार) न्यूनतम तापक्रम घटेको छ भने अधिकतम तापक्रम बढेको छ।
मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको तापक्रम विवरणअनुसार आज काठमाडौँमा न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियसमा झर्दा अधिकतम तापक्रम १५.७ डिग्री सेल्सियसमा उक्लिएको हो।
हिजो (आइतबार) काठमाडौँमा न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस थियो भने अधिकतम तापक्रम १५.३ डिग्री सेल्सियस थियो।
मौसमविद्का अनुसार राति आकाश सफा रह्यो भने बिहान न्यूनतम तापक्रम घट्छ, बादल लाग्यो भने बढ्छ। यसको ठिक उल्टो दिउँसो आकाश सफा रह्यो भने घाम लाग्ने भएकाले अधिकतम तापक्रम बढ्छ, बादल लाग्यो भने घाम नदेखिने भएकाले घट्छ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
न्यूनतम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ। सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
यस्तो छ अन्य स्थानको तापक्रम विवरण:

Shares

प्रतिक्रिया