राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)को ‘वृहत राजनीतिक समायोजन घोषणा सभा’ केन्द्रीय कार्यालय बनस्थलीमा जारी छ।
सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले लगायतका नेताहरु सहभागी हुँदा आइतबार मनोनीत भएर बरिष्ठ नेता बनेका काठमाडौँ महानगरका मेयर बालेन शाह उपस्थित भएका छैनन्।
यस्तै उपसभापति बनाउने सहमति भएका कुलमान घिसिङ पनि एकता सभामा सहभागी भएका छैनन्।

नागरिक उन्मुक्ति पार्टीका पूर्व नेता, थरूहट/थारूवान अभियान्ताहरुलाई रास्वपामा समायोजन गर्न कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमको ब्यानमार सभापति लामिछानेलाई दयाँ र बायाँ ठूला तस्बिरसहित ‘प्रोजेक्टेड’ गरिएको छ। तर, यही कार्यक्रममा बालेन र कुलमान उपस्थित भएनन्।
सहमति अनुसार बालेन रास्वपाको वरिष्ठ नेता र प्रधानमन्त्रीको उम्मेदवार हुने छन्। त्यस्तै कुलमान रास्वपाको उपसभापति हुने छन्।
रास्वपा र बालेन्द्रबीच पुस १३ गते एकता सम्झौता भएको थियो। त्यस्तै रास्वपा र कुलमानको उज्यालो नेपाल पार्टीबीच पुस १४ गते ७ बुँदै सहमति नै भएको थियो।
त्यही अनुसार आइतबार रास्वपाले बालेनसहित २६जनालाई केन्द्रीय समिति सदस्यमा मनोनीत गरेको थियो। कुलमान पक्षबाट भने केन्द्रीय सदस्य नियुक्त गर्न बाँकी छ।
यद्यपि, बालेन र कुलमानले शपथ लिन बाँकी छ।
Shares

प्रतिक्रिया