राजनीति


नेकपा विवाद: सहमतिका लागि ओली, प्रचण्ड र नेपाल बिहानै बालुवाटारमा

नेकपा विवाद: सहमतिका लागि ओली, प्रचण्ड र नेपाल बिहानै बालुवाटारमा

नेपालखबर
बैशाख २३, २०७७ मंगलबार ४:५८,

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल अहिले (मंगलबार बिहान) बालुवाटारस्थित प्रधानमन्त्रीकाे सरकारी निवासमा भेला भएका छन्।

केही दिनयता जारी पार्टीभित्रका विवाद समाधानका लागि नेता त्रय बिहानै छलफलमा जुटेका हुन्।

सोमबार दिउँसो ओली र प्रचण्डबीच सहमति नभएको देखिन्छ। शनिबार बसेको सचिवालय बैठकले गरेका निर्णय कार्यान्वयन गराउन ओलीले आनाकानी गरेको भन्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्विट गरेका थिए।

सोही कारण अहिले बिहान ओली, प्रचण्ड र नेपालबीच छलफल भइरहेको नेकपा स्राेतले जानकारी दिएकाे छ। 

याे पनि:  

बिहान चार नेताबीच ब्रेकफास्ट बैठक, दिउँसो ओली–प्रचण्ड भेट

ओली-प्रचण्ड सम्झौताको रहस्य जान्न स्थायी समिति बैठक कुर्दै नेपाल समूह

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad