काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को समूहबाट २६ जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा समेटिएका छन्। जसमा खगेन्द्र सुनारदेखि सागर ढकालसम्म छन्।
सुनार शरीरभरि नेल लगाएर काठमाडौँमा 'दलितलाई खै' अभियान सञ्चालन गरेर चर्चामा आएका व्यक्ति हुन् भने ढकाल डडेल्धुरामा कांग्रेस सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध चुनावी प्रतिस्पर्धा गरेर चर्चामा आएका युवा हुन्।
पछिल्लोपटक भने सुनारले आफ्नै नेतृत्वमा 'हाम्रो पार्टी नेपाल' गठन गरेका थिए।
आइतबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले बालेन समूहबाट २६ जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको हो।
बालेन्द्र शाहलाई भने केन्द्रीय सदस्य मनोनय गर्दै रास्वपाको वरिष्ठ नेता बनाइएको छ। पार्टीमा उनको वरीयता सभापति रवि लामिछानेपछि दोस्रो हो।
हेर्नुहोस् बालेन टिमबाट रास्वपा केन्द्रीय समितिमा समेटिएका २६ जनाको सूची :
१) बालेन्द्र शाह वरिष्ठ नेता
२) सुनिल लम्साल महामन्त्री
केन्द्रीय सदस्य
३) भूपदेव शाह
४) सस्मित पोखरेल
५) सागर ढकाल
६) सरिता ज्ञवाली
७) रमेश पौडेल
८) केपी खनाल
९) खडक राज पौडेल
१०) सन्तोष गिरि
११) लक्ष्मण थारु
१२) खगेन्द्र सुनार
१३) डा नमिता यादव
१४) लक्ष्मी बर्देवा
१५) राम कुमार ढुंगाना
१६) रोहन कार्की
१७) अनन्त राज घिमिरे
१८) सुशान्त बैदिक
१९) प्रदीप ज्ञवाली
२०) जेम्स कार्की
२१) मधुसुदन ढकाल
२२) ओजस्वी थापा
२३) शिव यादव
२४) आदित्य आचार्य
२५) प्रदीप पाण्डे
२६) खेमराज साउद
Shares

प्रतिक्रिया