भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएको छ।
उनलाई बयानका लागि पत्र पठाइएको आयोग स्रोतले जनाएको छ।
तर, कार्यालयमा बोलाइएको वा लिखित बयान लिनेबारे आयोग स्रोतले खुलाएको छैन।
ओलीले भने आफूले बयान नदिने बताउँदै आएका छन्।
पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेसँग सम्बन्धित घटनामा संलग्न ओलीबाहेक लगभग सबैको बयान लिइसकेको छ।
सुरुमा तीन महिनाको अवधि पाएको आयोगको म्याद एक महिना थप गरी माघ ९ गतेसम्म पुर्याइएको छ।
864
Shares

प्रतिक्रिया