एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।
आइतबार बिहान उनीहरूबीच ललितपुरको च्यासलमा एक्लाएक्लै भेटवार्ता भएको प्रचण्डको सचिवालयले जनाएको छ।
आजै साँझ भारतको नयाँ दिल्ली जान लागेका संयोजक प्रचण्डले त्यसअघि अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन्।
उनीहरूबीच २५ मिनेट एक्लाएक्लै भेटवार्ता भएको प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए। उनीहरूबीच च्यासलस्थित एक घरमा भेटवार्ता भएको हो।
प्रचण्ड आज भारतको राजधानी नयाँदिल्ली जाने कार्यक्रम तय भएको छ।
विभिन्न कम्युनिस्ट घटक मिलेर बनेको नेकपाको प्रवासी संगठनहरूको एकता सन्देश सभालाई सम्बोधन गर्न प्रचण्ड आइतबार साँझ दिल्ली जान लागेका हुन्।
ओली र प्रचण्डबीच के विषयमा छलफल भयो खुलेको छैन। तर, नजिकिँदै गरेको राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनमा एमाले र नेकपाबीच गठबन्धन गर्नको लागि भित्रभित्रै छलफल चल्न थालेको छ।
Shares

प्रतिक्रिया