नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिको कार्यकाल आगामी जेठसम्म थपेको छ।
शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सबै तह र निकायको पदावधि जेठ मसान्तसम्म थप्ने बहुमतबाट निर्णय गरेको हो। यसमा कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत नेताले फरक मत राखेका छन्।
कांग्रेस बैठकले चार वटा निर्णय गरेको छ। जसमा कार्यकाल थप्नेसँगै महाधिवेशनको कार्यतालिका संशोधन गरेको छ। नयाँ कार्यतालिका अनुसार, आउँदो वैशाख २८ देखि ३१ गतेसम्म महाधिवेशन गरिने भएको छ।
यसमा महामन्त्रीद्वयले फरक मत राख्दै विशेष महाधिवेशनमा जाने बताएका छन्। बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री थापाले जुनसुकै हालतमा पुस मसान्तभित्र विशेष महाधिवेशन गर्ने बताए।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले गरेका चार निर्णय :




Shares

प्रतिक्रिया