नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
महाधिवेशनको विषय चरमोत्कषमा पुगेका बेला कांग्रेसले शुक्रबार दिउँसो ३ बजेका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको हो।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगितको घोषणा गरेर विशेष महाधिवेशनका लागि अगाडि बढेपछि सभापति शेरबहादुर देउवाले आज दिउँसो कार्यवाहक सभापति पूर्णबहहादुर खड्का, नेता शेखर कोइराला, मिनेन्द्र रिजाल, रमेश लेखक लगायतसँग छलफल गरेका थिए।
देउवाले भोलि बिहान आफू पक्षीय नेताहरूको बैठक पनि बोलाएका छन्।

339
Shares

प्रतिक्रिया