समाज


सुर्खेतका प्रेमबहादुरको इमानदारिताः बाटोमा भेटिएको ८१ हजार रकम दिए फिर्ता

सुर्खेतका प्रेमबहादुरको इमानदारिताः बाटोमा भेटिएको ८१ हजार रकम दिए फिर्ता

नेपालखबर
पुस १७, २०८२ बिहिबार २२:१, सुर्खेत

सुर्खेत वीरेन्द्रनगर–९ का टेकबहादुर कुमालले घरको गर्जो टार्न भन्दै आफन्तबाट रु ८१ हजार रकम सापटी लिएर आए।

वीरेन्द्रनगर बजारबाट रकम लिएर घर जाँदै गर्दा उनको पैसा बाटोमै खसेछ। घरमा जाँदा मात्रै पैसा हराएको थाहा पाए।

घर खर्च टार्न र छोराछोरीको पढाइमा खर्चका लागि ऋण काढेर ल्याएको रकम हराएपछि कुमाल आपतमा परे। अब हराएको रकम कहाँ खोज्ने? भनेर तनावमा परेका कुमालले आफू हिँड्दै आएको बाटोभरि दिनभरि हराएको पैसा खोजे, तर कतै पत्ता लागेन।

निरास भएर साँझमा घर फर्किएका उनले अब हराएको रकम नत घरको गर्जो टार्नलाई भयो, न त कुनै काममा प्रयोग नै भयो। तनावमा बसेका कुमालका आफन्तले रकम भेटिएको कुरा फेसबुकमा भेट्टाए।

कुमालको रु ८१ हजार रकम वीरेन्द्रनगरमा बस्दै आएका लेकबेँसी नगरपालिका सुर्खेतका प्रेमबहादुर रास्कोटीले भेट्टाएका थिए। उनले सुरक्षित रुपमा राखेको उक्त रकम स्थानीय रेडियो भेरी एफएममा बुझाए। अनि रेडियो भेरीका पत्रकार मधुवन विसीको रोहबरमा उक्त रकम कुमाललाई नै फिर्ता बुझाइएको छ।

पछिल्लो समय समाजमा खराब व्यक्ति मात्रै हुन्छन् भन्ने भाष्य निर्माण भइरहेका बेला प्रेमबहादुरले देखाएको इमानदारिताप्रति प्रशंसा भएको छ। उनले इमानदारिता, संस्कार र मानवीय मूल्यलाई व्यवहारमै उतार्दै समाजमा सकारात्मक सन्देश दिएका छन्।

रास्कोटीले भने, ‘मैले बाटोमा नगद भेट्दा केही क्षण सोचें, तर त्यो पैसा मेरो होइन भन्ने कुराले मनले स्वीकार गरेन। त्यो रकम कसैले अत्यन्तै आवश्यकतामा राखेको हुन सक्छ, त्यसैले जसको हो उसैलाई फिर्ता गर्नु नै सही निर्णय ठानेँ। इमानदारीले नै आत्मसन्तुष्टि दिन्छ।’

कुमालले रास्कोटीप्रति धन्यवाद व्यक्त गर्दै भने, ‘मैले हराएको पैसा भेट्टिन्छ भन्ने आशा लगभग गुमाइसकेको थिएँ। यस्तो इमानदार व्यवहारले समाजप्रति विश्वास अझै बढाएको छ।’

उक्त नगद रकम टेकबहादुर कुमाललाई हस्तान्तरण गरिएको हो। उनले देखाएको उदाहरणले अन्य व्यक्तिलाई सत्य, नैतिकता र जिम्मेवारीप्रति सजग बन्न प्रेरित गरेको छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad