राजनीति


विशेष महाधिवेशन पक्षधरले शुक्रबार पत्रकार सम्मेलन गर्दै

विशेष महाधिवेशन पक्षधरले शुक्रबार पत्रकार सम्मेलन गर्दै

नेपालखबर
पुस १७, २०८२ बिहिबार २०:७, काठमाडौँ

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिने भएको छ। 

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीबार संयुक्त वक्तव्य जारी गरी नियमित महाधिवेशन स्थगित भएको घोषणा गरेका छन्। उनीहरू नियमित महाधिवेशन स्थगित भएको घोषणा गरेसँगै विशेष महाधिवेशन पक्षधरले पत्रकार सम्मेलन आयोजना गर्न लागेका हुन्। 

विशेष महाधिवेशन पक्षधरले शुक्रबार बिहान ११ बजे अनामनगरस्थित कार्यालयमा पत्रकार सम्मेलन गर्ने भएका छन्। यसका लागि कांग्रेसको रिपोर्टिङ गर्ने पत्रकारलाई आन्तरिक रुपमा सूचना दिएका छन्। 

पत्रकार सम्मेलनमा विशेष महाधिवेशनका विषयमा जानकारी दिइने जनाइएको छ। उनीहरूले विशेष महाधिवेशनका लागि भनेर भृकुटीमण्डपस्थित हल बुकिङ गरिसकेका छन्। पुस २६ र २७ गतेका लागि हल बुकिङ गरिएको छ। 

यो पनि पढ्नुहोस् : गगन-विश्वको वक्तव्य : नियमित महाधिवेशन स्थगितको घोषणा, अबको विकल्प विशेष महाधिवेशन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad