मेटलाइफ नेपालले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ।
भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम कोषलाई उपलब्ध गराएको कम्पनीले जनाएको छ।
उक्त सहयोग रकम कोषमा जम्मा गरी सोको जानकारी मेटलाइफ नेपालका कार्यकारी निर्देशक निर्मलकाजी श्रेष्ठले आज अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर खनाललाई गराएका हुन्। हालसम्म कोषमा १२ करोड ३३ लाख ६५ हजार जम्मा भएको छ।
24
Shares

प्रतिक्रिया