राष्ट्रिय एकता र मेलमिलाप दिवसको अवसरमा फेसबुकमार्फत शुभकामना दिँदै विशेष महाधिवेशन बाध्यकारी मात्रै नभइ पार्टी एकताका लागि पनि अनिवार्य बनेको उल्लेख गरेका छन्।
‘आजको समयमा कांग्रेसको विशेष अधिवेशन नै एकताको आधार हो,’ थापाले लेखेका छन्, ‘पुस मसान्तभित्र विशेष अधिवेशन गर्ने कार्य विधानतः बाध्यकारी मात्र नभएर पार्टीभित्रको एकता र आत्मविश्वासका लागि अनिवार्य बनेको छ।’
उनले राष्ट्रिय एकता र मेलमिलाप दिवसको अवसरमा स्वच्छ र स्वस्थ चुनावी प्रतिस्पर्धामार्फत जनताको परिवर्तनको आकांक्षा अभिव्यक्त हुनुपर्ने बताएका छन्।
‘राष्ट्रिय एकता र मेलमिलाप दिवसको ऐतिहासिक अवसरमा आम जनताको परिवर्तनको आकांक्षा स्वच्छ र स्वस्थ चुनावी प्रतिस्पर्धाका माध्यमबाट मुखरित हुन सकोस्,’ थापाले लेखेका छन्।
उनले एक–अर्कालाई विरोध र निषेध गर्ने प्रवृत्तिभन्दा माथि उठेर राष्ट्र निर्माणको सामूहिक जिम्मेवारीबोधका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन्। थापाले भनेका छन्, ‘एकले अर्कोलाई विरोध र निषेध होइन, राष्ट्र निर्माणको सामूहिक उत्तरदायित्व बोधको साथ अगाडि बढ्ने प्रेरणा हामी सबैलाई मिलोस्।’
महामन्त्री थापाले नेपाली कांग्रेसले यही उत्तरदायित्वबोधका साथ राष्ट्रिय भूमिका निर्वाह गर्न आत्मविश्वास खोजिरहेको उल्लेख गर्दै आत्मविश्वास पार्टी एकताबाट आउने स्पष्ट पारेका छन्। ‘यो आत्मविश्वास हाम्रो एकताबाट नै आउँछ,’ उनले लेखेका छन्।
तर, एकता निषेधबाट नहुने उनको भनाइ छ। थापाले स्पष्ट रूपमा भनेका छन्, ‘निषेधबाट होइन, फरक विचारलाई बेवास्ता गरेर होइन, भिन्न मतहरू व्यक्त गर्ने साझा मञ्चको प्रयोगबाट मात्र त्यो एकताको उद्भव हुन्छ।’
Shares

प्रतिक्रिया