नेपाल राष्ट्र बैंकले वीरगन्जको नेशनल मनि चेञ्जर प्रालिको इजाजतपत्र खारेज गरेको छ।
राष्ट्र बैंकले दिएको समयभित्र कम्पनी नविकरण नगराएको भन्दै राष्ट्र बैंकले इजाजतपत्र खारेज गरेको हो। राष्ट्र बैंकले मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनिमय १९ को उपविनियम ३ बमोजिम इजाजतपत्र खारेज गरिएको जनाएको छ।
उक्त विनियमावलीको उपविनियमावली १९ को उपविनियम २ मा इजाजतपत्रको म्याद समाप्त भएपछि म्याद समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरणको लागि निवेदन दिएमा नवीकरण शुल्क र नवीकरण शुल्कको शतप्रतिशत रकमले हुन आउने रकम बराबरको विलम्ब शुल्क लिइ राष्ट्र बैंकले इजाजतपत्र नवीकरण गर्न सक्ने सुविधा दिएको छ।
तर सो अनुसार पनि नविकरण गर्न नआउने कम्पनीको हकमा भने उपविनियम ३ ले इजाजतपत्र नविकरण नगर्ने मनिचेञ्जरको धरौटी तथा नगद धरौटी जफत गरी इजाजतपत्र रद्द गर्ने व्यवस्था गरेको छ।
राष्ट्र बैकले सोही व्यवस्थामा टेकेर धरौटी तथा नगद धरौटी जफत गरेर कम्पनीको नविकरण पनि खारेज गरिदिएको हो।
Shares

प्रतिक्रिया