नेपाली कांग्रेसले फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनको लागि समानुपातिकतर्फ ६४ जिल्ला समेटेर ११० जना उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। ७७ मध्ये १३ जिल्लामा समानुपातिक उम्मेदवार छनोट नगरेको कांग्रेसले सबैभन्दा बढी काठमाडौँबाट ६ जनाको नाम बन्दसूचीमा राखेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनबाट २१ र मोरङबाट १५ जना गरी जम्मा ३३ जिल्लाबाट मात्र उम्मेदवार तय गरेकोमा आलोचना भइरहेको छ। रास्वपाको तुलनामा कांग्रेसको उम्मेदवारी छनोट भूगोलको प्रतिनिधित्वका हिसाबले केही सन्तुलित देखिन्छ। यद्यपि कांग्रेसको उम्मेदवारी छनोट नेता र नाताबाट मुक्त हुन भने सकेन।
कांग्रेसका नेता अर्जुननरसिंह केसी, सहमहामन्त्री भीष्मराज आङदम्बे, पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान, नेता बलहादुर केसीकी पत्नी रिना उप्रेती, पूर्वराष्ट्रपति रामवरण यादवका छोरा चन्द्रमोहन यादव र राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पौडेललाई उम्मेदवारी बनाएकोमा कांग्रेसवृत्तमा प्रश्न उठेको छ। पार्टीबाट पटक–पटक अवसर लिएका नेता र नेताका आफन्त नै समानुपातिक उम्मेदवारको बन्दसूचीमा देखिएपछि कांग्रेस कार्यकर्ताले असन्तुष्टि जनाएका छन्।
केसीको उम्मेदवारीबारे महामन्त्री गगन थापाले सामाजिक सञ्जालबाटै प्रस्टीकरण समेत दिनु परेको छ। केसीका ज्वाइँ समेत रहेका महामन्त्री थापाले लेखेका छन्, ‘नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीलाई मेरो प्रयासमा समानुपातिक सूचीमा राखिएको भन्ने हल्ला फैलाइएको रहेछ। म स्पष्ट पार्न चाहन्छु, यो मेरो चाहना विपरीत हो। मेरो अनुरोध र हरसम्भव प्रयास विपरीतको निर्णय हो।’
यद्यपि कांग्रेसले यसपटक अधिकांश नयाँ र युवा अनुहारलाई प्राथमिकता दिएको छ। साथै जेनजी आन्दोलनका सहिद धिरज श्रेष्ठका बुबा नारायण श्रेष्ठलाई समानुपातिक सूचीमा राखेर सकारात्मक सन्देश दिने प्रयास गरेको छ। पछिल्ला निर्वाचनमा कुनै न कुनै व्यपारिक घरानाको नाम समानुपातिक उम्मेदवारको सूचीमा राख्दै आएको कांग्रेस यसपटक भने त्यसबाट अछुतो छ।
कोसीमा छुटे तीन जिल्ला
समानुपातिकतर्फ कोसी प्रदेशबाट १९ जना उम्मेदवार बनाएको कांग्रेसले धनकुटा, ओखलढुंगा र खोटाङलाई छुटाएको छ भने सुनसरी–झापाबाट ४ र मोरङबाट ३ जना उम्मेदवार बनाएको छ।
भीष्मराज आङ्दम्बे– पाँचथर
विजय सोम्बाहाम्फे– तेह्रथुम
गीता गुरुङ– सोलुखुम्बु
गीताकुमारी सेन्दाङ– ताप्लेजुङ
सविता राई– सुनसरी
चन्द्रेश्वर शर्मा खत्व– सुनसरी
नगमा साहिद– सुनसरी
निर्मला गुरुङ– सुनसरी
जमिल अख्तर मिया– सुनसरी
प्रेमिका राना मगर– इलाम
गोमाकुमारी भट्टराई– झापा
सुशीला ढकाल आचार्य– झापा
मनुमाया विश्वकर्मा– झापा
उमा शिवाकोटी– झापा
राधा कार्की– झापा
गोपालमान सिंह– मोरङ
रुक्मिणीदेवी कोइराला– मोरङ
प्रमिला गच्छदार– मोरङ
रिना उप्रेती– सोलुखुम्बु
मधेसका सबै जिल्लाबाट प्रतिनिधित्व
कांग्रेसले मधेस प्रदेशका आठै जिल्लालाई समेटेर १९ जनाको नाम बन्दसूचीमा राखेको छ। पूर्वराष्ट्रपति रामवरण यादवका छोरा चन्द्रमोहन यादवको नाम दुई ठाउँमा राखिएको पाइएको छ।
चन्दन झा– सप्तरी
मनहरि श्रेष्ठ– धनुषा
रामसुन्दर महरा– धनुषा
कञ्चनाकुमारी पासवान– महोत्तरी
निनु कर्ण– महोत्तरी
कविता यादव– सप्तरी
सुजाता देवी– पर्सा
परमिला महतो– धनुषा
औरमिलाकुमारी यादव– धनुषा
मो. अन्सार खाँ– सर्लाही
डा चन्द्रमोहन यादव– धनुषा
महेन्द्र यादव– सप्तरी
रामनरेश कुशवाहा– बारा
राजेन्द्र जयसवाल– बारा
प्रियन्का दास– बारा
सीता थपलिया (उर्मिला)– रौतहट
उषा राउत मिश्र– सिरहा
रामानन्द चौधरी (ललन)– धनुषा
सहजान खातुन– रौतहट
बागमतीका चार जिल्ला छुटे
बागमती प्रदेशबाट २० जना छनोट गर्दा ललितपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र चितवनबाट कांग्रेसले उम्मेदवार बनाएको छैन। तर, काठमाडौँबाट ६, भक्तपुरबाट ३ तथा मकवानपुर र धादिङबाट २–२ जना उम्मेदवार बन्दा बाँकी जिल्लाबाट प्रतिनिधित्व मात्र भएको पाइन्छ।
नियती सिंह– काठमाडौँ
भीमसेनदास प्रधान– काठमाडौँ
नारायण श्रेष्ठ– काठमाडौँ
कमला राजभण्डारी– काठमाडौँ
श्रीविनोद भट्टराई– काठमाडौँ
हरिशरण नेपाली– काठमाडौँ
पवित्रा सुनार– मकवानपुर
सर्मिला श्रेष्ठ– मकवानपुर
शान्ताकुमारी तामाङ– धादिङ
सेतेमान तामाङ– धादिङ
विनोदप्रकाश कायस्थ– भक्तपुर
गणेशमान चक्रधर– भक्तपुर
डा गंगालक्ष्मी अवाल– भक्तपर
जगतबहादुर तामाङ– नुवाकोट
महेन्द्र थिङ– नुवाकोट
अर्जुननरसिंह केसी– नुवाकोट
छिरिङ डोल्मा शेर्पा– दोलखा
नरेन्द्रजंग थापा– सिन्धुली
ग्याल्जे शेर्पा– रामेछाप
पेम्बा छिरिङ तामाङ– रसुवा
गण्डकीमा ३ जिल्ला छुटे
गण्डकी प्रदेशका ११ जिल्लामध्ये लमजुङ, मनाङ, म्यादी जिल्लाबाट समानुपातिक उम्मेदवार नछानेको कांग्रेसले बाग्लुङबाट ३ र कास्कीबाट २ जना उम्मेदवार बनाउँदा बाँकी जिल्लामा एकएक जना समेटेको छ।
संज्ञा पोखरेल पौडेल– कास्की
जगतबहादुर बराम– गोरखा
आइबहादुर गुरुङ– कास्की
रोमी गौचन थकाली– मुस्ताङ
माया राना– स्याङजा
इन्दिरा खनाल– तनहुँ
पार्वती आचार्य– बागलुङ
संगीता घिमिरे– नवलपरासी
सिर्जना मल्ल– पर्वत
शकुन्तला शर्मा– बाग्लुङ
रेनुका काउच– बाग्लुङ
लुम्बिनीका दुई जिल्लाबाट छैनन् उम्मेदवार
लुम्बनी प्रदेशका १२ जिल्लामध्ये प्युठान र पूर्वी रुकुमलाई छोडेर कांग्रेसले उम्मेदवार चयन गरेको छ।
झकबहादुर पुन– गुल्मी
पुष्पा श्रेष्ठ– रोल्पा
सुनिताकुमारी सुवेदी श्रेष्ठ– नवलपरासी
गंगा शाही– रूपन्देही
कृष्णप्रसाद अधिकारी– पाल्पा
विमला गैरे– कपिलवस्तु
रिता सिंह ओली– रूपन्देही
मधुप्रसाद न्यौपाने– दाङ
मीनराज चौधरी– बर्दिया
सन्तप्रसाद चौधरी– रूपन्देही
प्रतिमा चौधरी– बर्दिया
देविका नेपाली– दाङ
ललिता सुनार– अर्घाखाँची
दुखीराम लोनिया– बाँके
मिश्रीलाल यादव– बर्दिया
दिपनारायण वर्मा– बाँके
अकिल मिया– कपिलवस्तु
कर्णालीमा छुट्यो जुम्ला
कर्णाली प्रदेशका १० जिल्लामध्ये जुम्लालाई छाडेर बाँकी सबै जिल्लामा कांग्रेसले एकएक उम्मेदवार खडा गरेको छ।
ध्रुवबहादुर मल्ल– सल्यान
रोम रोकाया– मुगु
कालीबहादुर सहकारी– कालिकोट
पार्वतीकुमारी गिरी– सुर्खेत
ताराबहादुर लामा– हुम्ला
सरस्वती श्रेष्ठ– दैलेख
मानबहादुर नेपाली– रुकुम (पश्चिम)
हजारी नेपाली वादी– जाजरकोट
गोमा केसी– डोल्पा
सुदूरपश्चिमका सबै जिल्लामा उम्मेदवार
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिमका ९ वटै जिल्लामा कांग्रेसले समानुपातिक उम्मेदवार मैदानमा पठाएको छ। कैलाली र कञ्चनपुरबाट २–२ जनाको नाम बन्दसूचीमा समेटिँदा देउवाको गृहजिल्ला डडेल्धुराबाट एक जनाले मात्र उम्मेदवार हुने अवसर पाएका छन्।
करवीरसिंह कार्की– दार्चुला
यज्ञनिधि कोइराला– कैलाली
दीपेन्द्रबहादुर बम– बैतडी
विद्यादेवी तिमिल्सिना– बाजुरा
रिताकुमारी चौधरी– कैलाली
प्रसिस महरा– डोटी
कल्पना केसी– कञ्चनपुर
टेकबहादुर विक– अछाम
हरिना कामी– डडेल्धुरा
तौला राना– कञ्चनपुर
सुन्दर स्नेही– बझाङ
Shares

प्रतिक्रिया