राजनीति


लोकरिझ्याइँ गर्नेहरूसँग डराउनु पर्दैन, यी संसारभर नै क्षणिक हुन् : मिन विश्वकर्मा

लोकरिझ्याइँ गर्नेहरूसँग डराउनु पर्दैन, यी संसारभर नै क्षणिक हुन् : मिन विश्वकर्मा

नेपालखबर
पुस १५, २०८२ मंगलबार १६:५३, काठमाडौँ

नेपाली कांग्रेसका नेता मिनबहादुर विश्वकर्माले लोकरिझ्याइँ क्षणिक मात्रै हुने भएकाले वैकिल्पक र नयाँ भन्नेहरूसँग डराउन नहुने बताएका छन्। 

मदन–आश्रित प्रतिष्ठानले मंगलबार काठमाडौँमा आयोजना गरेको विचार गोष्ठीमा बोल्दै नेता विश्वकर्माले समाजलाई दुष्ट मान्छेको धृष्टताबाट नभइ सज्जन मान्छेको निषेधबाट खतरा हुने जिकिर गरे। ‘समाजमा खतरा दुष्टको धृष्टताबाट छैन, सज्जनको निषेधले हुन्छ,’ उनले भने।

देश जलाउने र ठगी गरेर लोकरिझ्याइँको खेती गर्नेहरूसँग खासै डर नरहेको उनको भनाइ थियो। विभिन्न नाटकको रुपमा गएर सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत जलाउनेहरूबाट पनि त्यत्ति डर रहेको उनले बताए। 

‘आज यो देश जलाउने लुसिफरहरूबाट हामीलाई खतरा छैन। आज ठगी गरेर पपुलिज्मको खेती गर्नेहरूसँग खासै डर छैन,’ विश्वकर्माले भने, ‘आज विभिन्न नाटकको रुपमा गएर सिंहदरबार, संसद् भवन, सर्वोच्च, नेपालका लोकतन्त्रका लागि संघर्ष गरेका अनेकौँ धरोहरहरू जलाउनेहरूबाट पनि त्यत्ति डर छैन। यिनीहरू संसारभर नै क्षणिक हुन्।’ 

जेनजी आन्दोलनपछिको विध्वंसलाई उनले नेपालमो पटकपटक भएको क्रान्ति, संघर्ष र आन्दोलनबाट प्राप्त गरेको उपलब्धिको समूल नष्ट गर्ने कुनै कुनाबाट चालेको अभियान भएको आरोप लगाए। 

‘अहिले हामीले नेपालमा पटक पटक गरेको क्रान्ति, संघर्ष र आन्दोलनबाट प्राप्त गरेको उपलब्धिको समूल नष्ट गर्ने कुनै कुनाबाट चालेको अभियानको पात्र नेपाली कांग्रेस र नेकपा (एमाले) का सदस्य साथीहरू बनिरहनु त भएको छैन?,’ उनले प्रश्न गरे। 

नेता विश्वकर्माले भदौ २३ र २४ को घटना नेपाल र नेपालीको पक्षमा नभएको जिकिर गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad