कोशी


कोसी प्रदेश सभा मर्मतका लागि साढे पाँच करोडको टेन्डर आह्वान भएको छः मन्त्री राई

कोसी प्रदेश सभा मर्मतका लागि साढे पाँच करोडको टेन्डर आह्वान भएको छः मन्त्री राई

नेपालखबर
पुस १५, २०८२ मंगलबार १५:३२, विराटनगर

कोसी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले जेनजी आन्दोलनमा ध्वस्त पारिएको प्रदेश सभा हल र सचिवालयका लागि साढे पाँच करोडको टेन्डर आह्वान भएको जानकारी दिएका छन्। 

कटारीको कृषि बजारलाई मर्मत गरेर संसद् चलाउने भन्दै उनले संसद सञ्चालन र प्रदेश सभा भवन मर्मतलाई सँगसँगै अघि बढाउने जानकारी दिए। 

नेपालखबरसँगको कुराकानीमा उनले भने, ‘अहिले प्रदेश सभा हल र सचिवालयका लागि साढे पाँच करोडको टेन्डर आह्वान भइसकेको छ। हामीले यसलाई विशेष परिस्थिति भन्दै हतारमा नगरी कानुन र खरिद प्रक्रिया (नियमित प्रक्रिया) बाटै गर्ने निर्णय गर्यौँ ताकि पछि सुशासनमा प्रश्न नउठोस्। अब कटारीको कृषि बजारलाई केही मर्मत गरेर संसद् चलाउन सक्ने अवस्थामा हामी पुर्‍याउँछौँ।’ 

टेन्डर अन्तर्गत प्रदेश सभाको हल, सचिवालयको मर्मत, दलका कार्यालयहरू, विभिन्न संसदीय समितिहरूको कार्यालय स्थापना र सुरक्षा निकायको पोष्टहरूको व्यवस्थापन समेटिएको उनले बताए। 

‘यो एउटा पूर्ण संरचना व्यवस्थापनको प्याकेज हो’ उनले भने, ‘अहिले तरकारी बजारमा सामान्य टहरा मात्रै रहेकोले त्यो टहरालाई ब्यवस्थित गर्ने देखि त्यहाँ अन्य संरचना निर्माण र ब्यवस्थापनको लागि काम शुरु हुनेछ।’

जेनजी आन्दोलन पछि धेरै क्षती भएको भन्दै उनले प्राविधिकहरूले ‘रेड जोन’ मा राखेका भवनहरूको विस्तृत विश्लेषण भइरहेको जानकारी दिए।

कुन भाग भत्काउने र कुन राख्ने भन्ने रिपोर्ट आएपछि पूर्ण रूपमा काम सुरु हुने उनले बताए।

मन्त्री राईले विपक्षी दलहरूले संसद छल्न लागेको भन्ने आरेपमा सत्यता नभएको दाबी गरे।

‘संसद् छल्ने हाम्रो कुनै मनसाय छैन। यो बीचमा नेकपा एमालेको महाधिवेशन र कतिपय प्राविधिक कारणले केही समय लागेको हो’ उनले भने, ‘दलीय व्यवस्थामा पार्टीको काममा लाग्नु स्वाभाविक पनि हो। प्रदेश सभा सचिवालय पूर्ण रूपमा क्षति भएकाले बस्ने ठाउँ नै थिएन।’

उनले कटहरीमा रहेको एकीकृत तरकारी तथा फलफूल बजारमा सचिवालयले काम थालेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad