राजनीति


जेनजी आन्दोलनका सहिद रसिक खतिवडाकी आमा रचना पनि रास्वपाको समानुपातिक सूचीमा

जेनजी आन्दोलनका सहिद रसिक खतिवडाकी आमा रचना पनि रास्वपाको समानुपातिक सूचीमा

नेपालखबर
पुस १५, २०८२ मंगलबार ११:२६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी सहिद रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्रीलाई पनि समानुपातिक उम्मेदवारको सूचीमा राखेको छ। 

रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा रचनाको नाम खस आर्य महिला क्लस्टरबाट नवौँ नम्बरमा राखिएको छ। 

रास्वपाले उक्त क्लस्टरमा प्रतिभा रावललाई पहिलो नम्बरमा राखेको छ।

त्यसपछि क्रमश:  विद्षी राणा, लिमा अधिकारी (आचार्य), श्रद्धा कुँवर, समीक्षा बास्कोटा, टीका संग्रौला, क्रान्तिशिखा धिताल, मञ्जु भूसाललाई राखिएको छ। भुसालपछि खतिवडालाई रास्वपाले समानुपातिक सूचीमा राखेको हो। 

खतिवडाले रास्वपा सभापति रवि लामिछानेले आफूलाई भेटेरै समानुपातिक सूचीमा बस्न भनेको बताएकी छन्। 

जेनजी आन्दोलनको क्रममा रसिकलाई भदौ २३ गते बानेश्वरमा भएको प्रदर्शन छाती र पेटमा गोली लाग्दा ज्यान गएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad