कारोबार


साना पुँजीका आईटी कम्पनीलाई सहजै २० हजार डलर लगानी सुविधा, विदेशी लगानीकर्तालाई लाभांश लान सहज

साना पुँजीका आईटी कम्पनीलाई सहजै २० हजार डलर लगानी सुविधा, विदेशी लगानीकर्तालाई लाभांश लान सहज

नेपालखबर
पुस १५, २०८२ मंगलबार ११:२७, काठमाडौँ

नेपाल राष्ट्र बैंकले विदेशी लगानीकर्तालाई नेपालबाट लाभांश लैजान सहज व्यवस्था गरेको छ भने स्वदेशी लगानीकर्तालाई विदेशमा लगानीका लागि पनि सहज नीति लिएको छ।

सोमबार बैंकले विदेशी लगानी तथा विदेशी  ऋण व्यवस्थापन विनियमावली २०७८ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।

यसअनुसार विदेशी लगानीकर्ताले लाभांश आफ्नो खाता भएको वाणिज्य बैंकबाट नै लैजान सक्ने गरी बाटो खुला गरिदिएको छ।

विदेशी लगानी तथा हस्तान्तरण ऐन २०७५ को दफा २० र २६ का व्यवस्थाबमोजिम विदेशी लगानी तथा आर्जित रकम फिर्ता लैजान इजाजतप्राप्त वाणिज्य बैंकले विदेशी मुद्राको सटही सुविधा प्रदान गर्न सक्ने विनियमावलीमा उल्लेख छ।

यसका लागि केन्द्रीय बैंकले अब वाणिज्य बैंकमा मात्रै निवेदन दिएर लाभांश फिर्ता लैजान सक्ने भएका छन्। 

त्यसैगरी सूचना प्रविधिमूलक (आईटी) कम्पनीलाई १० लाख डलरसम्मको पुँजी विदेशमा लगानी गर्न पाउने सुविधा दिएको राष्ट्र बैंकले अब साना पुँजी भएको त्यस्ता कम्पनीहरूलाई २० हजार डलरसम्म लगानी गर्नका लागि शर्त पूरा गर्नु नपर्ने व्यवस्था गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad