काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले हामी नेपालका संयोजक सुदन गुरुङले देशलाई एकसय वर्षसम्म पनि नबिर्सने गुन लगाएको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच सहमतिको लागि निकै दौडधुप गरेका गुरुङसँगको तस्बिरसहित बालेनले सामाजिक सञ्जालमा उनको प्रशंसा गरेका हुन्।
‘देश बनाउनु पर्छ भनेर सबैले भन्छन्, तर बनाउने प्रयास कसले गर्छ? त्यो नै महत्वपूर्ण हुन्छ,’ उनले लेखेका छन्, ‘बाबु सुधन गुरुङज्यूले जुन भूमिका निर्वाह गर्नुभएको छ, त्यो यो देशले १०० वर्षसम्म पनि बिर्सने छैन। लभ यू, ब्रदर।’

273
Shares

प्रतिक्रिया