नेपाली कम्युनिस्ट पार्टीसँग रन्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच एकता भएको छ।
सोमबार पार्टी एकतासम्बन्धी १० बुँदे सहमति पत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठले हस्ताक्षर गरेका हुन्।
श्रेष्ठ र नाउपा संरक्षक रहेका रेशम चौधरीबीच लामो समयदेखि विवाद थियो।
विवादकाबीच रञ्जिताका श्रीमान् समेत रहेका रमेशले गत भदौ २९ गते नाउपाबाट अलग भएको घोषणा गरेका थिए।
अलग भएका उनले नागरिक उन्मुक्ति पार्टी, नेपाल घोषणा गरेका थिए।
अनि, त्यसयता श्रीमान् र श्रीमतिको नेतृत्वमा २ पार्टी अस्तित्वमा आएका हुन्।
रञ्जिता नेकपासँग मिल्दा रेशमले भने नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गरेर चुनावको तयारी गरिरहेका छन्।

870
Shares

प्रतिक्रिया