नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनाल यसपटक आफ्नै नेृतत्वमा दल बनाएर चुनावमा होमिदै छन्।
फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा चुनावका लागि उनेको दल समुन्नत नेपाल पार्टीले सामेबार समानुपातिकको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ। सूची बुझाउन खानाल आफैँ आयोग पुगेका थिए।
यसअघि भने उनी एमालेबाट २ वटा चुनाव लडेका थिए, तर दुवैमा पराजित भएका थिए।
२०७६ मा प्रहरीका महानिरीक्षकबाट राजीनामा दिएर उनी नेकपा एमालेमा प्रवेश गरेका थिए। अनि, २०७९ को प्रतिनिधि सभाको चुनावमा खनाल एमालेबाटै काठमाडौँ-६ मा प्रतिस्पर्धा गरेका थिए। 
तर, उनी पराजित रास्वपाका शिखिर खनालसँग उनी पराजित हुन पुगे। उनले ८ हजार ९ सय ११ मत ल्याएका थिए।
तनहुँबाट नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि त्यो क्षेत्र खाली भयो। २०८० बैशाख १० गते उपचुनाव भयो। त्यहाँ पनि एमालेबाट खनाल नै उम्मेदवार बने।
तर, उनी त्यहाँ पनि रास्वपाकै उम्मेदवारसँग पराजित भए। स्वर्णिम वाग्ले भारी मतसहित विजयी भए।
खनाल भने तेस्रो भएका थिए। उनले ल्याएको मत ८ हजार ४८८ मत मात्रै थियो।
एमालेबाट लडेका २ वटै चुनाव हारेपछि उनी विस्तारै एमालेबाट निस्क्रिय भए। अनि, २०८१ पुष २१ गते एमाले छाडेको घोषणा गरे।
२०८२ मंसिर ४ गते उनले आफ्नै अध्यक्षतामा ‘समुन्नत नेपाल पार्टी’ गठन गरे।
Shares

प्रतिक्रिया