प्रतिनिधि सभा निर्वाचनका लागि अहिलेसम्म ५ वटा राजनीतिक दलले समानुपतिकतर्फको सूची निर्वाचन आयोगमा बुझाएका छन्।
आयोगमा सूची बुझाउने आज अन्तिम दिने हो।
नेपाल मजदुर किसान पार्टी सूची बुझाउने पहिलो पार्टी बनेको छ। त्यस्तै नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकप्रिय पार्टी र नेकपा मार्क्सवादी (पुष्पलाल)ले नाम बुझाएका हुन्।
नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले भने नाम बुझाउन बाँकी रहेको छ।
आज कार्यालय समयभित्र सूची बुझाउनुपर्ने छ। त्यस्तै बुझाएको सूचीमा कलस्टर नमिलेको खण्डमा दलहरुले सच्याउन ७ दिनको समय पाउने छन्।

294
Shares

प्रतिक्रिया