हङकङमा बढ्यो ट्रामको भाडा, ३९ प्रतिशतसम्म वृद्धि

हङकङमा बढ्यो ट्रामको भाडा, ३९ प्रतिशतसम्म वृद्धि

ट्रामको भाडा ३९ प्रतिशतसम्म वृद्धि भएको छ


नेपालखबर
पुस १४, २०८२ सोमबार १४:०, हङकङ

हङकङमा पिक ट्रामको भाडा वृद्धि भएको छ। नयाँ वर्षसँगै लागु हुने गरी अद्यावधिक गरिएको भाडा संरचना चारै प्रकारका टिकटमा लागु हुनेछ।

ट्रामको भाडा संरचनामा बालबालिका र ज्येष्ठ नागरिकका लागि अन-वे र राउन्ड ट्रिप तथा वयस्कका लागि अन-वे र राउन्ड ट्रिप गरी सामान्यत: चार प्रकारको संरचना छ।

जसअन्तर्गत सबैभन्दा बढी वृद्धि बालबालिका र ज्येष्ठ नागरिकको टिकटमा भएको छ।

यी टिकटमा साविकभन्दा ३९ प्रतिशतसम्म बढी पर्नेछ। जुन, राउन्ड-ट्रिप भाडा ५४ हङकङ डलरबाट बढेर ७५ हङकङ डलर पुगेको छ। यो झन्डै ३८.९ प्रतिशत वृद्धि हो।

त्यस्तै, बालबालिका र ज्येष्ठ नागरिककै एकल भाडामा पनि ३६.८ प्रतिशत वृद्धि भएको छ। जुन ३८ हङकङ डलरबाट बढेर ५२ हङकङ डलर पुगेको छ।

वयस्क राउन्ड-ट्रिप भाडामा ७.४ प्रतिशत वृद्धि भएको छ। यो १०८ हङकङ डलरबाट बढेर ११६ हङकङ डलर पुगेको छ। वयस्कको एकल टिकट ७६ हङकङ डलरबाट बढेर ८२ पुगेको छ, जुन ७.९ प्रतिशत वृद्धि हो।

पिक ट्राम सवारी र स्काइ टेरेस ४२८ मा प्रवेश जस्ता लोकप्रिय प्याकेजमा पनि ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। यसको मूल्य अब १८२ हङकङ डलर पुगेको छ।

भाडा समायोजनसँगै ट्राम सञ्चालकले १ महिनाका लागि विशेष अफर पनि ल्याएका छन्। जसअन्तर्गत, डिसेम्बर ३१ सम्म कम्पनीको आधिकारिक वेबसाइट वा विच्याटमार्फत पुरानो मूल्यमा टिकट किन्न सकिनेछ, जुन २०२६ को जनवरीभरि मान्य रहनेछन्। (द स्ट्यान्डर्ड)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .