नेकपा (एमाले)को समानुपातिक उम्मेदवारको सूचीमा गायिका एवं नेत्री कोमल वली परेकी छन्।
एमालेले तयार पारेको समानुपातिक सूचीमा वलीलाई महिला क्लस्टरमा राखिएको छ। नेपालखबरसँगको संक्षिप्त कुरामानीमा नेत्री वलीले आफू पनि समानुपातिक सूचीमा परेको बताइन्। ‘समानुपातिकतर्फ मेरो नाम परेको छ भन्ने सुनेको छु। निकै खुशी लागिरहेको छ,’ वलीले भनिन्।
एमाले समानुपातिक उम्मेदवारका लागि दाङबाट सिफारिस भएकी थिइन्। जिल्ला कमिटीले पठाएको सिफारिसलाई लुम्बिनी प्रदेश कमिटीले केन्द्रमा पठाएको थियो। आइतबार बसेको एमाले सचिवालय बैठकले उनलाई पनि समानुपातिक सूचीमा राखेको हो।
एमालेको एघारौँ महाधिवेशनबाट उनी केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन्। महिलातर्फ खुल्लामा प्रतिस्पर्धा गरेकी उनले १ हजार ७७८ मत पाएर केन्द्रीय सदस्य बनेकी हुन्।
यसअघि राष्ट्रिय सभा सदस्यमा बनेकी थिइन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट राजनीति सुरु गरेकी उनी एमाले प्रवेश गरेकी थिइन्।
Shares

प्रतिक्रिया