राजनीति


कांग्रेस निर्णय- समानुपातिकतर्फका उम्मेदवार चयन गर्ने, अनुशासनको कारबाहीमा परेकालाई माफी

कांग्रेस निर्णय- समानुपातिकतर्फका उम्मेदवार चयन गर्ने, अनुशासनको कारबाहीमा परेकालाई माफी

नेपालखबर
पुस १२, २०८२ शनिबार १८:२९, काठमाडौँ

नेपाली कांग्रेसले समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० उम्मेदवार चयन गर्ने मापदण्ड तयार गरी नाम छनोट प्रक्रिया सुरु गरेको छ।

केन्द्रीय कार्यसम्पादन समितिको शनिबार बैठकले आसन्न प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनलाई लक्षित गर्दै पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाउने निर्णय गरेको हो।

त्यस्तै बैठकले  विगतको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका, प्रस्तावक-समर्थक बनेका वा असहयोग गरी अनुशासन उल्लंघन गरेका नेताकार्यकर्तामाथि केन्द्रीय अनुशासन समितिले गरेको निष्काशन, निलम्बन तथा विधानअनुसारको स्वतः कारबाहीको बाँकी अवधि माफी÷मिनाहा गर्ने निर्णय गरेको छ। 

साथै, कारबाही माफी पाएका व्यक्तिहरुको क्रियाशील सदस्यता निरन्तरता दिँदै नवीकरण गर्ने निर्णय पनि गरिएको छ।

पार्टी परित्याग गरी स्वतन्त्र बनेका वा अन्य पार्टीमा सक्रिय रहेका नेताकार्यकर्तालाई पार्टीमा फर्कन पनि बैठकले आह्वान गरेको छ। पार्टीमा फर्किनेहरुलाई क्रियाशील सदस्यतासहित आवश्यक जिम्मेवारी दिने निर्णय पनि गरिएको छ।

नेपाली कांग्रेसले वौद्धिक तथा व्यवसायिक क्षेत्रमा सक्रिय लोकतान्त्रिक विचारधारा भएका व्यक्तिहरुलाई पार्टीमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गर्दै विशेष संवाद र सहकार्यका माध्यमबाट अघि बढ्ने निर्णयसमेत गरेको छ।

केन्द्रीय कार्यसम्पादन समितिको अर्को बैठक आइतबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा फेरि बस्ने छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad