नेपाली कम्युनिष्ट पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भक्तपुर जिल्लाबाट उम्मेदवार सिफारिस गरेको छ।
नेकपाको पुस १० र ११ गते बसेको संयुक्त बैठकले प्रत्यक्ष तथा समानुपातिक दुवै निर्वाचन प्रणालीतर्फ उम्मेदवार सिफारिस गरेको हो।
प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट सुदर्शन पराजुली र हरिराम लवजु सिफारिस भएका छन्। निर्वाचन क्षेत्र नम्बर २ बाट रामप्रसाद सापकोटा ‘दिपशिखा’, श्यामसुन्दर बस्नेत र सुनिल गोठे को नाम सिफारिस गरिएको छ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ दिलिपकुमार प्रजापति, त्रोत्र कुमारी अधिकारी (इन्दिरा अधिकारी), भवानी खड्का, रिता अवाल, अन्जना पोखरेल (युवा) )महिला), माइला धोलाको नाम सिफारिस गरेको हो।
171
Shares

प्रतिक्रिया