राजनीति


बालुवाटार बैठकमा ओली र प्रचण्डका तर्फबाट देउवाले भने- चुनावमा जान सबै तयार भएका छन्, तर वातावरण बनेको छैन

बालुवाटार बैठकमा ओली र प्रचण्डका तर्फबाट देउवाले भने- चुनावमा जान सबै तयार भएका छन्, तर वातावरण बनेको छैन

नेपालखबर
पुस १२, २०८२ शनिबार १७:३५, काठमाडौँ

प्रधामन्त्री सुशीला कार्कीसँगको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावमा जान सबै तयार भएको बताएका छन्। 

‘कांग्रेस लगायत सबै पार्टी चुनावमा जान तयार छन्, तर, त्यसका लागि वातावरण बनिसकेको छैन,’ देउवाले भने, ‘वातावरण बनाउनुपर्‍यो। सुरक्षाको व्यवस्था हुनुपर्‍यो।’

एमाले पनि तयार हो भन्ने प्रश्नमा उनले भने, ‘किन तयार छैन, भैहाल्छ नि।’

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेका थिए।

बैठकको सुरुमा बोल्दै प्रधानमन्त्री कार्कीले चुनाव सफल पार्न लाग्नुपर्ने बताइन्।

‘अब कुनै अलमल नगरी यो राष्ट्रको भविष्य सम्झेर, स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका लागि चुनाव सफल पारौँ,’ उनले भनिन्, ‘यो हामी सबैको जिम्मेवारी हो।’

निर्वाचनप्रति सकारात्मक वातावरण बनिरहेको भन्दै कार्कीले आफूले ३ वटै दलका नेता चुनवाको तयारीमा लागेको थाहा पाएको बताइन्। ‘तपाईँहरू निर्वाचनका लागि तयारै हुनुहुन्छ भन्ने मैले देखेकी छु, यो स्वागतयोग्य छ,’ उनले भनिन्।

प्रधानमन्त्री कार्कीले निर्वाचन आयोग र सुरक्षा निकायलाई आवश्यक स्रोतसाधन उपलब्ध गराइसकिएको जानकारी नेताहरुलाई दिनइन्।

‘हामीले निर्वाचन आयोग र प्रहरी प्रशासनलाई भनेजति नै स्रोतसाधनको व्यवस्था गरेका छौँ,’ कार्कीले भनिन्, ‘सुरक्षाकर्मीको मनोबल बढेको कुरा यहाँहरूले पनि महसुस गर्नुभएकै होला।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad