समानुपातिक उम्मेदवार छनोटलगायत विषयमा निर्णय गर्न नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।
एक पदाधिकारीका अनुसार आइतबार बिहान ११ बजे बस्ने गरी सचिवालय बैठक आह्वान गरिएको हो।
बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।
बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीका तर्फबाट समानुमापतिक उम्मेदवारको टुंगो लगाउने ती पदाधिकारीले बताए।
राजनीतिक दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची सोमबारभित्र निर्वाचन आयोगमा बुझाइसक्नुपर्नेछ।
यसैगरी एमाले सचिवालय बैठकमा नेताहरूको कार्यविभाजनका विषयमा पनि छलफल हुने बताइएको छ।
231
Shares

प्रतिक्रिया