काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणासहित एक भएर सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आएको प्रस्तावका विषयमा आज (शनिबार) बिहान ऊर्जामन्त्रीसमेत रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसँग छलफल गरेका छन्।
स्रोतले नेपालखबरलाई बताएअनुसार बालुवाटारको कुनै स्थानमा घिसिङसँग भेटवार्ता गर्दै बालेनले रास्वपासँग भइरहेको सहमतिको खाकाबारे ब्रिफिङ गरेका हुन्।
सहमतिको खाका बनाउन गठित कार्यदलले शुक्रबार बिहानदेखि पटकपटक गरेको छलफल अन्तिम चरणमा पुगे पनि पूर्णता पाइसकेको छैन।
आगामी चुनावमा प्रधानमन्त्रीको उम्मेदवारका घोषणा गरेर जान रास्वपा तयार भए पनि केही प्राविधिक विषयमा टुंग्याउन बाँकी भएकाले बालेनले ‘ओके’ गरिसकेका छैनन्।
यसैबीच उनी आज बिहानै ८ बजे मन्त्री घिसिङलाई भेट्न पुगेका हुन्।
भेटमा बालेनले रास्वपाबाट आएको प्रस्ताव र एकीकरणको मोडालिटीबारे घिसिङसँग छलफल गरेका थिए।
स्रोतका अनुसार जवाफमा कुलमानले भने, ‘अहिले हामी आन्तरिक छलफलमा छौँ, त्यसबाट निष्कर्ष निस्किएपछि निर्णय दिन्छु।’
आगामी निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीजस्ता पुराना शक्तिलाई विस्थापित गर्न उनीहरूले नयाँ शक्तिबीच एकताको पहल गरिरहेका हुन्।
यो पनि : बालेनबाट ‘ओके’ नहुँदा फाइनल हुन बाँकी सहमतिको ‘ड्राफ्ट’
Shares

प्रतिक्रिया