राजनीति


बालेनबाट ‘ओके’ नहुँदा फाइनल हुन बाँकी सहमतिको ‘ड्राफ्ट’

बालेनबाट ‘ओके’ नहुँदा फाइनल हुन बाँकी सहमतिको ‘ड्राफ्ट’

नेपालखबर
पुस ११, २०८२ शुक्रबार १८:२७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन) बीच सहमति जुटाउने प्रयास जारी रहेको यसका लागि खटिएका नेताहरूले बताएका छन्। 

शुक्रबार बिहानदेखि सहमतिको खाका बनाउन गठन गरिएको कार्यदल पटकपटक गरेको छलफल अन्तिम चरणमा पुगेपछि पूर्णता पाइनसकेको एक सदस्यले नेपालखबरलाई बताए। आगामी चुनावमा प्रधानमन्त्रीको उम्मेदवारका घोषणा गरेर जान रास्वपा तयार भए पनि अन्य प्राविधिक विषयमा एकमत बनाउन बाँकी रहेको ती सदस्यले बताए। 

उनका अनुसार, सहमतिका केही बुँदा सहित तयार पारिएको खाका रास्वपा सभापति रवि लामिछानेलाई दिइएको छ। उनले कार्यदललाई अगाडि बढ्न भने पनि मेयर बालेनले निर्णय दिइसकेका छैनन्। 

‘आज ड्राफ्टमा अझै छलफल हुँदै छ। मेयर साबले ओके भनिसक्नु भएको छैन,’ कार्यदलमा रहेका एक सदस्यले नेपालखबरसँग भने, ‘मेयरसाब नगर सभाको बैठकमा हुँदा भोलि मात्रै सहमति हुन्छ जस्तो छ।’

कार्यदलमा रास्वपाको तर्फबाट नेता शिशिर खनाल र असिम शाह तथा बालेनका तर्फबाट कुमार ब्यञ्जनकार र भुपदेव शाह छन्। भुपदेव बालेनका स्वकीय सचिव हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad