राजनीति


नेपालको छवि राम्रो बनाउने गरी काम गर्छु : परराष्ट्र मन्त्री शर्मा

नेपालको छवि राम्रो बनाउने गरी काम गर्छु : परराष्ट्र मन्त्री शर्मा

नवनियुक्त परराष्ट्र मन्त्री बालानन्द शर्मा। तस्बिर : सरोज शाही/नेपालखबर


नेपालखबर
पुस ११, २०८२ शुक्रबार १६:५८, काठमाडौँ

नवनियुक्त परराष्ट्र मन्त्री बालानन्द शर्माले नेपालको छवि राम्रो बनाउने गरी आफूले काम गर्ने बताएका छन्। 

शुक्रबार परराष्ट्र मन्त्रालयमा पदभार ग्रहण गर्दै शर्माले आफू मन्त्रिपरिषद्मा आउँदा राम्रो हुन्छ भनेकाले मन्त्री बनेको बताए। निर्वाचनको सम्बन्धमा छिमेकी देशहरूसँग कुनै सहयोग लिनुपर्ने रहेछ भने सही तरिकाले सहकार्य गर्ने पनि उनको भनाइ थियो। 

मित्रराष्ट्रहरूसँगको सम्बन्ध सकारात्मक रुपमा अघि बढाउने प्रतिवद्धता जनाए। ‘नेपालको इमेज संसारभर कसरी राम्रो गर्ने भन्ने विषयमा अघि बढ्नेछु। यो मुलुक हाम्रो हो। हामीले जति खाली राख्छौँ, त्यति समस्या हुन्छ। हामी आएर मुलुकको, मन्त्रालयको उद्धार हुन्छ भने रोक्नुहुँदैन भनेर आएको हुँ’, शर्माले भने। 

राजदूत फिर्ताको विषयमा भने उनले यसअघि सरकारले कामको मुल्यांकन गरेरै निर्णय गरेको हुनसक्ने जवाफ दिए। ‘मैले छिमेकी देशहरूसँग सकारात्मक रुपमा भुमिका खेल्छु। उनीहरू उदयीमान देश हुन्। सहकार्य गर्दै अघि बढ्न सकिन्छ,’ उनले भने, ‘अहिले मुलुक चुनावमय भइसकेकै छ, गति लिइसकेको छ। चुनावमा मन्त्रालयले छिमेकी र कुनै देशसँग सहकार्य गर्नुपर्ने रहेछ भने सही तरिकाले उठान गर्नेछ।’

नेपाली सेनाका पूर्वरथी शर्मा शुक्रबार परराष्ट्र मन्त्री नियुक्त भएका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेर उनी पदभार ग्रहण गर्न मन्त्रालय पुगेका थिए। 

यो पनि पढ्नुहोस् : सेना समायोजन र कोभिड संकट सम्हालेका पूर्वरथी शर्मालाई परराष्ट्रको जिम्मेवारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad