महाधिवेशन अनिश्चित बन्दै गएपछि आक्रोशित बनेका विशेष महाधिवेशन पक्षधर कांग्रेस नेता शंकर तिवारीले कार्यकर्तालाई काठमाडौं आएर केन्द्रीय कार्यालय घेर्न आह्वान गरेका छन्।
‘विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका पार्टीका स्वाभिमानी कार्यकर्ताले पार्टीको अकर्मण्य चरित्र र पार्टीलाई यथास्थितिमा राख्ने प्रपञ्च टुलुटुलु हेरेर सक्दैनन्’, विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरी अभियान चलाइरहेका उनले प्रेस नोट जारी गर्दै भनेका छन्, ‘रकेट गतिको महाधिवेशन कार्यकतालिकालाई विश्वास गर्नु कार्यकर्ताको महाभुल थियो। अब त्यो भूलभुलैयाबाट बाहिर निस्कुन पर्छ। कार्यकार्यकर्ता, विशेष गरी महाधिवेशनका लागि हस्ताक्षर गरेका नेता, कार्यकर्ता केन्द्रीय कार्यालय घेर्न काठमाडौं आउनुपर्छ।’
भदौ २३ र २४ को जेनजी विद्रोहपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भएको थियो। सो बैठकले पुस २६–२८ का लागि केन्द्रीय महाधिवेशनको मिति तय गरेको थियो। त्यही सेरोफेरोमा महामन्त्री गगन थापाको आह्वानमा विशेषमहाधिवेशन माग गर्दै ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका थिए।
नियमित महाधिवेशन नभए ५५ प्रतिशत विशेष महाधिवेशन पक्षधरको माग के हुन्छ ? पछिल्लो समय काँग्रेस प्रवक्ता डा.प्रकाश शरण महतले पूर्व घोषित समयमा पार्टीको महाधिवेशन नहुने प्रस्ट पारिसकेका छन्। यही सन्दर्भमा शुक्रबार नेता एवं लेखक तिवारीको प्रेस नोट आएको हो।

प्रतिक्रिया