राजनीति


सरकारी वार्ता टोलीका संयोजक भन्छन्- राजनीतिक दलसँगको छलफल फलदायी

सरकारी वार्ता टोलीका संयोजक भन्छन्- राजनीतिक दलसँगको छलफल फलदायी

नेपालखबर
पुस ९, २०८२ बुधबार १५:४९, काठमाडौँ

राजनीतिक दलसँग संवाद गर्न सरकारले गठन गरेको वार्ता टोलीका संयोजक कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले अहिलेसम्मका छलफल सकारात्मक र फलदायी रहेको बताएका छन्। 

बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरूसँगको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री सिन्हाले फलदायी भएको बताएका हुन्। अहिलेसम्म राजनीतिक दलहरूसँग गरेको छलफलबारे जानकारी दिँदै उनले भने, ‘छलफल सकारात्मक र फलदायी रह्यो।’

सरकारी वार्ता टोलीले अहिलेसम्म प्रमुख राजनीतिक दलसँग छलफल गरिसकेको छ। मंगलबार नेपाली कांग्रेस, नेकपा (एमाले) र, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूसँग छलफल गरेको थियो। तीनै पार्टीको कार्यालय पुगेर जेनजी आन्दोलनका क्रममा भएको क्षतिको पनि अवलोकन गरेको थियो। 

मन्त्री सिन्हाले प्रतिनिधि सभा निर्वाचनलाई कसरी प्रभावकारी, धाँदलीरहित र स्वतन्त्र एवं सहज बनाउने भन्नेबारे छलफल भएको बताए। ‘आउने निर्वाचनलाई कसरी प्रभावकारी बनाउने, धाँदलीरहित, स्वतन्त्र र सहज रुपमा कसरी गर्न सकिन्छ भन्नेबारेमा छलफल भएको छ। चुनावी तयारी, समयबारे कुराकानी भएको छ,’ उनले भने। 

राजनीतिक दलसँगको छलफलमा चुनाव हुने विषयमा आश्वस्त पारिएको उनको भनाइ छ। यससँगै चुनावमा आवश्यक सुधारका लागि सुझाव पनि लिइएको उनले बताए। 

सरकारले गठन गरेको राजनीतिक संवाद समितिमा सदस्य रहेका सञ्चारमन्त्री खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल पनि छलफलमा सहभागी थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad