राजनीति


सबै मन्त्रीले सम्पत्ति विवरण पेस गरिसकेका छन्, सार्वजनिक गर्ने काम प्रधानमन्त्री कार्यालयको हो : घिसिङ

सबै मन्त्रीले सम्पत्ति विवरण पेस गरिसकेका छन्, सार्वजनिक गर्ने काम प्रधानमन्त्री कार्यालयको हो : घिसिङ

नेपालखबर
पुस ९, २०८२ बुधबार १४:५०, काठमाडौँ

ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले आफूले विगतदेखि नै नियमित रूपमा सम्पत्ति विवरण बुझाउँदै आएको र मन्त्री भएपछि पनि साढे २ महिनाभित्रै सम्पत्ति विवरण पेस गरिसकेको स्पष्ट पारेका छन्।

बुधबार सिंहदरबारमा आयोजित सय दिने उपलब्धि सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा मन्त्री घिसिङले सम्पत्ति विवरण सार्वजनिक गर्ने जिम्मेवारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको भएको उल्लेख गरे।

‘हामी कर्मचारीको हैसियतमा विगत ३० वर्षदेखि नियमित रूपमा सम्पत्ति विवरण पेश गर्दै आएका छौँ,’ घिसिङले भने, ‘यो वर्ष मन्त्रिमण्डलमा आएपछि नियमअनुसार साढे २ महिनाभित्र सबै मन्त्रीले क्याबिनेटमा सम्पत्ति विवरण पेस गरिसकेका छन्। त्यसलाई सार्वजनिक गर्ने काम प्रधानमन्त्री कार्यालयको हो।’

मन्त्री घिसिङले पारदर्शिता र सुशासनप्रति सरकार दृढ रहेको उल्लेख गर्दै जेनजी आन्दोलनबाट आएको सरकारले सुशासनमा कुनै सम्झौता नगर्ने स्पष्ट गरे। उनका अनुसार जहाँ समस्या देखिएको छ, त्यहाँ आवश्यक कारबाहीसमेत गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad